शेयर बजार घट्यो, ८६ करोडमा कारोबार खुम्चिदा १२ उपसूचक राताम्य « Arthapath.com
६ पुष २०७९, बुधबार

शेयर बजार घट्यो, ८६ करोडमा कारोबार खुम्चिदा १२ उपसूचक राताम्य



काठमाडौं । दुई दिन सुधार आएको शेयर बजारमा तेस्रो दिन भने फेरी घटेको छ । ब्याजदर निरन्त्रण भएको, अर्थतन्त्रका सूचक सकारात्मक भएको, बैंक तथा वित्तीय संस्थाले राम्रो लाभांश दिइरहेको हुदाँ अब शेयर बजार उचाइमा पुग्ने आंकलन गरीएको भए पनि शेयर बजार अझै सुधारीन सकेको छैन ।

पछिल्ला दिनहरुमा प्रणालीमा तरलता सहज हुँदै गएको छ । सीडी रेसियो र अन्तर बैंक ब्याजदर पनि घटिरहेका छन् । यी सकारात्मक खबरहरुका बाबजुत पनि बजारले तत्काल शेयर बजारमा सुधार आउन सकेको छैन । शेयर बजार घटेको बेला खरिद गर्ने उपयुक्तहुने हुदाँ अधिकांश विज्ञहरुले भने लगानीकर्तालाई योजनाबद्ध रुपमा सबल वित्तीय सूचक भएका तथा लाभांश क्षमता पनि राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दै जान सुझाव दिने गरेका छन् । सेयर बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञानको पनि मुख्य भूमिका हुने गर्छ, त्यही भएर घटेको बजार पुनः बढ्छ भनेर सकारात्मक मनोभावना विकास गर्न जरुरी हुने जानकारहरु बताउँछन् ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८९ अकंले घटेर १८६७.२२ बिन्दुमा बन्द भएको छ । बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुदाँ ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको शेयर ०.२७ प्रतिशतले बढेर हो अन्य सबै सूचक घटेका हुन ।

एनआइसी एशिया बैंकले यस .वर्ष लाभांश नदिने निर्णय गरे पछि कम्पनीको शेयर शेयरधनीहरुले बेचेका छन् । कम्पनीको ११ करोड ८२ लाख ४६ हवजार रुपैयाँको कारोबार भएको छ ।

आज आँधिखोला लघुवित्त, सिर्जनशिल लघुवित्त र इस्टेज हाइड्रोपावरको शेयरका सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्