मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति « Arthapath.com
१८ माघ २०७९, बुधबार

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति



काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

आइपीओ निष्कासनको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर आइपीओ निष्काशन गर्न छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्