सेयर बजारमा झिनो सुधारः निरन्तर खुम्चियो कारोबार, ८ उपसूचक भने हरियाली « Arthapath.com
१८ माघ २०७९, बुधबार

सेयर बजारमा झिनो सुधारः निरन्तर खुम्चियो कारोबार, ८ उपसूचक भने हरियाली



काठमाडौं । साताको चौथो कारोबारको दिनसेयर बजारमा झिनो सुधार आएकोछ । केहि दिन यता निरन्तर ओरालो लागि रहेको सेयर बजार आज भने केही समान्य अकंले सुधार भएको हो ।

नाफा बुक गरिसकेकाहरु बजार केही तल नआएसम्म किन्न तयार नहुनु अघि नयाँले मात्र बजार माथि लैजान नसकेपछि नेप्सेले खासै सुधार आउन भने सकेको छैन । अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक नीति समीक्षातिर मोडिएको हुदाँ सेयर बजार बिस्तारै सुधार तिर लम्किने आंकलन गर्ने थालिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९७ अकंले बढेर २११६.६५ बिन्दुमा बन्द भएकोछ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको कारोबार भएको छ ।

आज ५ उपसूचक राताम्य भएका छन् भने ८ उपसूचकमा हरियाली छाएको छ । आज इन्भेष्टेमेन्ट समूहको ०.५४ प्रतिशत, माइक्रोपाइनान्सको ०.३३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३२ प्रतिशत, अन्य समूहको ०.०८ प्रतिशत र ब्यापार समूहको ०.१६ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्