आर्दश लघुवित्तको सेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१८ माघ २०७९, बुधबार

आर्दश लघुवित्तको सेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९७ अकंले बढेर २११६.६५ बिन्दुमा बन्द भएकोछ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको कारोबार भएको छ ।

बुधबार आर्दश लघुवित्तका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ ।कम्पनीको सेयर प्रतिकित्ता १५९ रुपैयाँ ४० पैसाले बढेर १ हजार ७५३ रुपैयाँ ६० पैसा पुगेको छ ।

साथै, सिद्धार्थ इन्स्योरेन्सको ८.२८ प्रतिशत, इस्टेन हाइड्रोपावरको ६.१७ प्रतिशत, राप्ती हाइड्रोको ६.०२ प्रतिशतले सेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्