गुहेश्वरी मर्चेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१९ माघ २०७९, बिहीबार

गुहेश्वरी मर्चेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ १९ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २० गते एकदिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ १९ गते अर्थात भोलिसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारिका लागि कम्पनीले माघ २७ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्