मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
२० माघ २०७९, शुक्रबार

मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ लाख २७ हजार ७५० कित्ता बराबरको १६ करोड २७ लाख ७५ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि बोर्डबाट माघ १९ गते अनुमति पाएको हो । अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशीक रोजगारीमा गएका नेपाली कामदारलाई निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुला गर्नेछ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्