लगानीकर्ता ‘पर्ख र हेर’ को योजनामा रहँदा सेयर बजारमा थप दबाब, साढे १ अर्बमा कारोबार « Arthapath.com
२३ माघ २०७९, सोमबार

लगानीकर्ता ‘पर्ख र हेर’ को योजनामा रहँदा सेयर बजारमा थप दबाब, साढे १ अर्बमा कारोबार



काठमाडौं । साताको पहिलो दिन झिनो सुधार आएको सेयर बजारमा दोस्रो दिन पनि सोहि कुराले निरन्तता दिएको छ । अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक नीति समीक्षातिर मोडिएको छ । सो कारण पनि सेयर बजार राम्रो गति लिन सकेको छैन ।

यस अघि लगानीकर्ताको भावना बुझ्ने अर्थमन्त्री र ब्याजदर घटेको कारण सेयर बजार सुधार तिर लम्किएको हुदाँ अब लगानीकर्ता मौद्रिक निति कुरेर बसेको आंकलन गर्ने थालिएको हो ।

नाफा बुक गरिसकेकाहरु बजार केही तल नआएसम्म किन्न तयार नहुनु अघि नयाँले मात्र बजार माथि लैजान नसकेपछि नेप्से प्रभावित भइरहेकोछ । मौद्रिक नीति समीक्षा पछि बजार माथि लैजान सहयोग गर्ने आंकलन गर्ने थालिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.५७ अकंले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार ८ उपसूचकमा हरियाली हुदाँ ५ उपसूचक मात्र ओराला लागेका छन् । आज बैंकिङ समूहको ०.३८ प्रतिशत, फाइनान्स समूहको ०.५८ प्रतिशत, होटल तथा पर्र्यटन समूहको ०.३४ प्रतिशत, हाइड्रोपावर समूहको ०.१४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२७ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्