एनआइसी एशिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२३ माघ २०७९, सोमबार

एनआइसी एशिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.५७ अकंले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार एनआइसी एशिया बैंकको सेयर सर्वीधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड ४५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, युनिर्भसल पावरको ५ करोड ३५ लाख ७९ हजार रुपैयाँ, नेपाल लाइफको ४ करोड ८९ लाख रुपैयाँ र हिमालयन डिस्टलरीको ४ करोड७७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्