सेयर बजारको ओरालो यात्राले पायो निरन्तता, २ अर्ब तल झर्यो कारोबार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सेयर बजारको ओरालो यात्राले पायो निरन्तता, २ अर्ब तल झर्यो कारोबार



mकाठमाडौं । मंगलबार सेयर बजारमा ओरालो लागेको छ । गत शुक्रबार जारी भएको मौद्रिक नीति समीक्षामा लगानीकर्ताले अपेक्षा गरेजस्तो नीतिगत बदलाव नदेखिएपछि नेप्सेमा यसको खराब नतिजा देखिएको हो ।

सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो । तर त्यसो नभएपछि सेयर बजार ओरोला लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४० अकंले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँ भएको छ ।

आज १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको ०.९८ प्रतिशत, फाइनान्स समूहको ०.६३ प्रतिशत सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्