बिपिडब्लु लघुवित्तको आईपीओ भर्नु भयो त ? आवेदन दिने भोलि अन्तिम दिन « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

बिपिडब्लु लघुवित्तको आईपीओ भर्नु भयो त ? आवेदन दिने भोलि अन्तिम दिन



काठमाडौं । माघ २२ गतेदेखि बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोलि (फागुन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भने फागुन १८ गतेदेखि मात्र खुला गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्