सेयर बजार राताम्य, कारोबार पनि निरन्तर खुम्चिदैं « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

सेयर बजार राताम्य, कारोबार पनि निरन्तर खुम्चिदैं



काठमाडौं । साताको चौथो दिने सेयर बजारमा राताम्य भएको छ । यस अघिका २ कारोकारको दिन सामान्य अकंले घटेको बजार आज भने. भारि अकंले ओरालो लागेको हो ।

पुँजी बजारमा राजनीतिको छाँयाले गर्दा ओरालो लागि रहेको जानकारहरु बताउछन् । एमाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने दिई सकेको छ । लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णु पौडेलको पदमुक्त भएसगै लगानीकर्ता डराइ रहेको अवस्था छ ।

सरकार तथा नियामकका नीति, बैंकिङ तरलता, लगानीकर्ताको मनोविज्ञान अनि सेयर बजारसँगै समग्र अर्थतन्त्रको साइकलले पनि उत्तिकै असर गरिरहेको हुन्छ । सोहि कारण पनि सेयर बजार प्रभावित बन्दैं गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.३५ अकंले घटेर १९९५.५८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ताको १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार राताम्य भएसँगै आज १३ उपसूचक नै राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको ०.५८ प्रतिशत, विकास बैंक समूहको १.४१ प्रतिशत, फाइनान्स समूहको ०.६३ प्रतिशत, हाइड्रोापावर समूहको १.३५ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्