बुधबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ? « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

बुधबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?



काठमाडौं । बुधबार सेयर बजार राताम्य भएको छ । अघिल्ला कारोबार दिन झिनो अकंले घटेको बजार आज भने राताम्य भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.३५ अकंले घटेर १९९५.५८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ताको १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको कारोबार भएको छ ।

बुधबार अपर तामाकोशी हाइड्रोपावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ७२ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, शिवम सिमेन्टको ८ करोड ४० लाख ८० हजार रुपैयाँ, हिमालयन डिष्टीलरीको ३ करोड ३६ लाख ४० हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड २४ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्