यी कम्पनीका लगानीकर्ताले आज कमाए सर्वाधिक « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

यी कम्पनीका लगानीकर्ताले आज कमाए सर्वाधिक



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४८ अंकले घटेर १९६९.०१ बिन्दुमा पुगेर बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता किनबेच हुँदा १ अर्व ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको कारोबार भएको छ ।

आज बुद्धभुमि नेपाल हाईड्रपावर कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ४.२९ प्रतिशतले बढेको छ । आज प्रतिकित्ता १८ रुपैयाँले बढेर ४३८ रुपैयाँ पुगेको छ ।

साथै, यूनिक नेपाल लघुवित्त वित्तिय संस्थाको ४.०२ प्रतिशत, बोटल्स् नेपालको ३.९१ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्