नेप्सेमा एक कम्पनीको साढे ८२ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको साढे ८२ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार प्रभु बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्