बजार निरन्तर राताम्य: नेप्से परिसूचक १९ सय बिन्दुमा, कारोबार समेत खुम्चिदैं « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

बजार निरन्तर राताम्य: नेप्से परिसूचक १९ सय बिन्दुमा, कारोबार समेत खुम्चिदैं



काठमाडौं । सेयर बजार केहि साता यता निरन्तर राताम्य भइरहेको छ । साताको पहिलो कारोबारको दिन आज पनि सेयर बजार राताम्य भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिंसा ठूलो छ । अहिले बजारमा बैंक तथा वित्तीय संस्था बारे आम जनसमुदायबीच नकारात्मक रुपमा विश्लेषण हुनुले पनि सेयर बजार प्रभावित बन्न पुगेको हो ।

नेकपा एमाले सरकारबाट बाहिरि सकेको छ । एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेलको पनि पदमुक्त भएको छ । अब राष्ट्रपतिको निर्वाचन नजिकि रहेको छ । राष्ट्रपति निर्वाचन पछि कांग्रेस सरकारमा प्रवेश गर्ने भएको छ । त्यसपछि अर्थमन्त्री कुन पार्टी आउने, लगानीकर्ता मनोभावना बुझ्ने हुने नहुने अन्यौलले पनि बजार प्रभावित बन्दैं गइरहेको छ ।

लघुवित्त सम्बन्धी बाहिरी रुपमा भइरहेका नकारात्मक टिप्पणीले पनि बजार प्रभावितको मुख्य कारण भएको जानकारहरु बताउछन् । सरकार तथा नियामकका नीति, बैंकिङ तरलता, लगानीकर्ताको मनोविज्ञान अनि सेयर बजारसँगै समग्र अर्थतन्त्रको साइकलले पनि उत्तिकै असर गरिरहेको हुन्छ । सोहि कारण पनि सेयर बजार प्रभावित बन्दैं गएको छ । आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन आवश्यक छ । घटेको बजार पुनः माथि जान्छ भन्ने दृढ आत्मविश्वास हुन जरुरी देखिन्छ । यसो हुन सकेमा बजारबाट अवश्य पनि लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७७ अकंले घटेर १९३८.२५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजार नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९३ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको १.८० प्रतिशत, होटल तथा पर्यटन समूहको २.२० प्रतिशत, हाइड्रोपावर समूहको २.११ प्रतिशत, जीवन बीमा समूहको १.७६ प्रतिशत र निर्जीवन बीमा समूहको ०.७४ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्