यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । सेयर बजार आज राताम्य भएको छ । बजार केहि साता यता माथि उठन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७७ अकंले घटेर १९३८.२५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजार नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार हिमालयन डिष्टिलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ८ करोड ४४ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको ५ करोड ४८ लाख रुपैयाँ, एशिय लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयर ३ करोड ८९ लाख रुपैयाँ र नबिल बैंकको३ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्