आज सेयर कारोबार नखुल्ने « Arthapath.com
२२ फाल्गुन २०७९, सोमबार

आज सेयर कारोबार नखुल्ने



काठमाडौं । आज अर्थात फागुन २२ गते सोमबार सेयर बजार बन्द हुने भएको छ ।

फागुपूर्णिमाको अवसरमा सरकारले सार्वजनिक बिदा दिइएको छ । सोही कारण आज सेयर कारोबार पनि नखुल्ने भएको हो । आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा मनाईन्छ । त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरुमा वसन्त ऋतुका अनेक रङलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्