ओपनिङ्ग रेञ्ज नै ११ सय रुपैयाँ बढी भएको आत्मनिर्भर लघुवित्तको आइपीओ कहिले हुन्छ बाँडफाँट ? « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

ओपनिङ्ग रेञ्ज नै ११ सय रुपैयाँ बढी भएको आत्मनिर्भर लघुवित्तको आइपीओ कहिले हुन्छ बाँडफाँट ?



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आइपीओ अर्को साता मात्र बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार यो साता भित्र प्रिअलटमेन्ट चलि रहेको हुदाँ बाँडफाँट अर्को साताको मात्र हुने जनाएको हो ।

कम्पनीले प्रिअलटमेन्ट सकिएपछि त्यसको विवरण नेपाल धितोपत्र बोर्डमा बुझाएर बोर्डले तोकिएको मितिमा कम्पनीको शेयर बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । सीडीएसका अनुसार १६ लाख ९ हजार ५८६ जनाले १ करोड ७८ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका हुन। जुन माग भन्दा १०४.९० गुणा बढी आवेदन हो ।

उक्त आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । गोलाप्रथाबाट बाँडफाँट हुदाँ १६ हजार ९७५ जना आवेदकले १० कित्ताका दरले पाउने छन् तथा ५ जना भाग्यमानीले थप १-१ कित्ता सेयर प्राप्त गर्ने छन् । जसमा १५ लाख ९२ हजार भन्दा बढी आवेदकको हात भने रित्तो हुने देखिएको छ ।

कम्पनीले फागुन ११ गतेदेखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको हो । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको थियो । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले खुला गरेको थियो ।

पहिलो कारोबारको लागि ३७१ रुपैयाँ ८२ पैसा देखि १ हजार ११५ रुपैयाँ ४६ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको गत आर्थिक वर्ष २०७७।०७८ को वास्तविका प्रतिशेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने हुदाँ सो आधारमा ओपन रेञ्ज सो रकम पाउने देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्