सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने खुम्चियो « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने खुम्चियो



काठमाडौं । साताको पहिलो कारोबारको दिन राताम्य भएको सेयर बजार आज भने सुधार आएको छ । बजार बढे पनि कारोबार रकम भने अझैं माथि जान सकेको छैन । दोहोरो अकंले बजारमा सुधार आउँदा कारोबार रकम भने खुम्चिन पुगेको छ ।

सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन आवश्यक छ । घटेको बजार पुनः माथि जान्छ भन्ने दृढ आत्मविश्वास हुन जरुरी देखिन्छ । यसो हुन सकेमा बजारबाट अवश्य पनि लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । सोहि मनोबलका कारण आज सेयर बजार सुधार तिर गएको आंकलन गरीएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४१ अकंले बढेर १९५२.६६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ११ उपसूचकमा हरियाली छाएको छ भने २ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५१ प्रतिशत, विकास बैंक समूहको १.१६ प्रतिशत, फाइनान्स समूहको १.१८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०५ प्रतिशतले सेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्