मंगलबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

मंगलबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । यो साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । पहिलो कारोबार दिन राताम्य भएको बजार आज भने सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४१ अकंले बढेर १९५२.६६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार साल्ट टे«डिङ कर्पोरेसनको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १२ करोड ७ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, हिमालयन डिष्टिलरीको ९ करोड ३९ लाख रुपैयाँ, छिमेक लघुवित्तको ५ करोड ४५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ११ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्