दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४१ अकंले बढेर १९५२.६६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज शुभव पावर र सुपर मादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

साथै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्वाच २ को ८.०२ प्रतिशत, इमर्जिङ नेपालको ५.८० प्रतिशत र स्वाभिमान लघुवित्तको ५.२४ प्रतिशतले सेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्