बुटवल पावर र प्राइम लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिले ? « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

बुटवल पावर र प्राइम लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिले ?



काठमाडौं । बिहीबार दुई कम्पनी बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुटवल पावर र प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

बुटवल पावरले ५ प्रतिशत बापतको १६ लाख २७ हजार ३७८ कित्ता बोनस सेयर र प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख १३ हजार ५ सय दशमलव २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएका हुन् ।

कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितगा्रही खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्