तपाइलाई पर्यो त आत्मनिर्भर लघुवित्तको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय आज बिहान बिक्री प्रबन्धक सनराइज क्यापिटलमा बाँडफाँट गरेको छ ।
उक्त कम्पनीको आइपीआमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको छ ।
माग भन्दा बढिको आवेदन परेकोले १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गगराई बाँडफाँट गर्दा १६ हजार ९ सय ७६ जनाले मात्र १० कित्ता पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता सेयर पाएका हुन ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्नु सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटः https://www.sunrisecapital.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइटः https://aatmanirbhar.org.np/