दोहोरो अंकले घट्यो सेयर बजार: परिसुचक १९७५ अंकमा झर्यो, सबै सूचकहरु रातम्मे « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

दोहोरो अंकले घट्यो सेयर बजार: परिसुचक १९७५ अंकमा झर्यो, सबै सूचकहरु रातम्मे



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ ।

आइतबार बजार २६.८० अंकले घटेको हो । सो दिन बजार परिसुचक १९७५ दशमलव ८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै सूचकहरु रातम्मे बनेका छन् ।

आइतबार बैंकिङ्ग समूह २२.५३ अंक, विकास बैंक समूह ५२.१३ अंक, फाइनान्स २८.७८, माइक्रोफाइनान्स ३०.६५, होटेल तथा पर्यटन समूह ३१.३३ अंक, जलविद्युत ३८.०७ अंकले घटेको छ ।

यस्तै, सो दिन लगानी समूह १.०५ अंक, जीवन बीमा १३८.२० अंक, निर्जीवन बीमा समूह ११९.१२, उत्पादन तथा प्रशोधन समूह १७.८६, म्युचुअल फण्ड ०.०६ र अन्य इन्डेक्स ८.८१ अंकले घटेको छ ।

आइतबार १ अर्ब ६६ करोड ६९ लाख ३१ हजा रुपैयाँ बराबरको ४७ लाख ७२ हजार १४० कित्ता सेयर खरिदबिक्री भएको छ ।
सो दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ८ करोड २१ लाख ५८ हजार रुपैयाँ बराको सेयर किनबेच भएको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ५ करोड ७५ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्