बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँटका लागि जुर्यो मिति, ८ हजार भित्र बन्नुहोला त भाग्यमानी ? « Arthapath.com
१ चैत्र २०७९, बुधबार

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँटका लागि जुर्यो मिति, ८ हजार भित्र बन्नुहोला त भाग्यमानी ?



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा यसै साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठको अनुसार आज (चैत १ गते) प्रिअलटमेन्ट सम्पन्न भएको र शुक्रबार ( चैत ३ गते) बाँडफाँट गर्ने तयारी रहेको बताए ।

कम्पनीको आइपीओमा अन्तिम दिन सम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन दिएका छन् । जुन माग भन्दा २०७.१० गुणा बढी हो ।

कम्पनीको आइपीओ पाउन भाग्य कै भर पर्नु पर्ने अवस्था रहेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा ८ हजार ९५ जनाले मात्र १० कित्ता आइपीओ हात पार्ने देखिएको छ । झण्डै १५ भन्दा बढी आवेदनको हात रित्तो देखिएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन गरेको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।

यस्तै, जारी पुँजीको ०।५ प्रतिशत अर्थात् १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणका लागि खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्