एनआइसी एशिया र नबिल बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

एनआइसी एशिया र नबिल बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले घटेर १९३३.३१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ४ करोड ९४ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, नबिल बैंकको ३ करोड ९६ लाख ८३ हजार रुपैयाँ, हिमालयन डिष्टीलरीको ३ करोड ८३ लाख रुपैयाँ र नेपाल लाइफको ३ करोड ३० लाख रुपैयाँको कारोबार भएकोछ ।


प्रतिक्रिया दिनुहोस्