दुई कम्पनीको सेयरमा सर्किट « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

दुई कम्पनीको सेयरमा सर्किट



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५.३२ अकंले घटेर १९३३.३१ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्से सुचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यूनिक नेपाल लघुवित्त र सुभम पावर लिमिटेडको सेयरमा सर्किट लागेको छ । साथै, लिबर्टी इनर्जी कम्पनीको सेयर ४.९८ प्रतिशत, किसान लघुवित्त वित्तिय संस्थाको सेयर ४.९३ प्रतिशत, वीन नेपाल लघुवित्त वित्तिय संस्था ४.९३ प्रतिशतल सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्