बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, १५ सयको आवेदन रद्द हुदाँ ८ हजारले पाए १० कित्ता « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, १५ सयको आवेदन रद्द हुदाँ ८ हजारले पाए १० कित्ता



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँट भएको हो ।

आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ।

जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् । कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
ततयल


प्रतिक्रिया दिनुहोस्