नेप्से झिनो अकंले घट्यो, कारोबार रकम १अर्बमा खुम्चियो « Arthapath.com
५ चैत्र २०७९, आईतवार

नेप्से झिनो अकंले घट्यो, कारोबार रकम १अर्बमा खुम्चियो



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा झिनो अंकले घटेको छ । सेयर बजारमा केहि दिन यता निरन्तर ओरालो लागि रहेको छ ।

देशका अधिकांश सूचक सुधार तिर गइरहेको बेला पनि सेयर बजारमा भने सुधार आउन सकेको छैन । बजार ओरालो लागि रहेदा लगानीकर्ता निराश बन्दैं गएको अवस्था छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदैं छन् । त्यपछि अर्थमन्त्री को हुने लगानीकर्ता मनोबल बुझ्ने आउने नआउने अन्यौलले सेयर बजारमा सुधार आउन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अकंले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ८ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०३ प्रतिशत र ब्यापार समूहको ०.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्