नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
६ चैत्र २०७९, सोमबार

नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । सोमबार सुपरमाई हाइड्रोपावर र माया खोला हाईड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ ७६ पैसा देखि अधिकतम ३९२ रुपैयाँ २८ पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको सेयर मंगलवार देखि धितोपत्रको दोस्रो बजारमा आउनेछ ।

माया खोला हाईड्रोपावरको १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले ८८ रुपैयाँ ५३ पैसा देखि २६५ रुपैयाँ ५९ पैसा ओपन रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा भोलि अर्थात मंगलवार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ् । कम्पनीको स्टक सिम्बोल एमकेएचसी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्