एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल « Arthapath.com
६ चैत्र २०७९, सोमबार

एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार घटेको बजार आज भने २२.६५ अंकले बढेको हो ।

सो दिन नेप्से परिसुचक १९४९ दशमलव ६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सो दिन सबै समूहरु हरियाली बनेका छन् । आज कारोबार रकममा पनि सुधार आई १ अर्ब २९ करोड बढी कायम भएको छ ।

सो दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १७६ रुपैइाँ ४० पैसाले वृद्धि भई १ हजार ९४१ रुपैयाँ पुगेको छ ।

सो दिन न्यादी हाइड्रोपावरको सेयर मूल्य ७.७३ प्रतिशत, नयाँ सारथी लघुवित्तको ६.१८ प्रतिशत र मानुषी लघुवित्तको सेयर मूल्य ५.६७ प्रतिशतले वृद्धि भएको छ । आज यी कम्पनीसहित बिन्ध्यावासिनी हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, मध्य भोटेकोशी जलविद्युत, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी लगायतका लगानीकर्ताले आज धेरै कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्