सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुदैं, ३ जना भाग्यमानीले ११ कित्ता पाउने « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुदैं, ३ जना भाग्यमानीले ११ कित्ता पाउने



काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ भोलि (चैत ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार प्रिअलटमेन्ट चैत ५ गते सम्पन्न भएको र भोलि बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिए ।

कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

सिडिएसका अनुसार १४ लाख १२ हजार ०१३ जना आवेदकले १ करोड ६२ लाख ४० हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका हुन । जसमा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने ३ जना आवेदकले ११ कित्ता सेयर प्राप्त गर्ने छन् ।

कम्पनीले सर्वसाधारणको लागि कुल ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये २ लाख ४९ हजार ९ सय ३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्