मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस् नजिता

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेको आइपिओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले विदेशमा रोजगारी गरिरहेका नेपाली कामदारलाई निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार रितपूर्वक १६ हजार ८०७ जना आवेदकहरूबाट ४ लाख ३७ हजार ९१० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि १ हजार कित्ता सेयर माग गर्ने १० हजार ८५१ जना आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले १ लाख ८ हजार ५१० कित्ता सेर बाँडफाँड गरिएको हो ।
बाँकी रहेको ७ कित्ता सेयर २० कित्तादेखि एक हजार कित्ता सेयर आवेदन गर्ने आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता सेयरका दरले ७ कित्ता सेयर ७ जना आवेदकहरूलाई बाँडफाँट गरिएको हो।
कम्पनीको आइपीओ तीन तरिकाबाट हेर्न सकिन्छ:
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइटः https://www.nicasiabank.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login