३ लाख १४ हजार कित्ता बिक्री भयो आज एनआईसी एशियाको सेयर, कति छ मूल्य ? « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

३ लाख १४ हजार कित्ता बिक्री भयो आज एनआईसी एशियाको सेयर, कति छ मूल्य ?



काठमाडौं । बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन बैंकको २१ करोड ७४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको ३ लाख १४ हजार ५२४ कित्ता सेयर खरिदबिक्री भएको हो । तर, आज बैंकको सेयर मूल्य भने घटेको छ ।

उक्त दिन बैंकको सेयर मूल्य ५.१२ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँले सस्तिएको हो । योसंगै बैंकको सेयर मूल्य बिहीबार प्रतिकित्ता ६८६ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्