नबिल बैंकद्वारा पौने ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ लाख ८९ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयर खरिदका लागि पहिलो प्राथमिकता वर्तमान संस्थापक सेयरधनीहरूलाई दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौँको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
विशेष नोट: तोकिएको ३५ दिने म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा मात्र यो सेयर सर्वसाधारण तथा अन्य संघ-संस्थाहरूका लागि खुल्ला गरिने बैंकले जनाएको छ।












