नेपाल एसबिआई बैंकको २९ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा बैंकको २९ लाख ४७ हजार ७५५ दशमलव ९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले ३ प्रतिशत बोनस बापतको सो सेयर सूचीकृत गराएको हो ।
अब सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।