सेयर बजारमा दोहोरो अकंको सुधारः १२ उपसूचक हरियाली, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सुधार आएको छ । हिजो राताम्य भएको बजार आए भने दोहोरो अकंले सुधार आएको हो ।
अहिले सरकारी पक्षका ब्यक्ति ब्यवसायलाई भेट्दैं ब्याजदर एकल बिन्दुमा ल्याउने आश्वासन दिदैं आइ रहेका कारण पनि आज बजार सुधार तिर लम्किन पुगेको हो । हरेक मन्त्री तथा उच्च अधिकारीहरुले ब्यावसायीहरुलाई ढुक्क भएर ब्यवसाय गर्ने भनि रहेका छन् । सेयर बजार सम्बन्धी अहिले सरकारको चौर्तफी बिरोध भइरहेको छ । सडक देखि सदनसम्म आवाज उठेको बेला सरकारको ध्यानआकर्षण हुदाँ अब सरकारले सकरात्मक कदम चाल्नेमा लगानीकर्ता आशामा बसेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७० अकंले बढेर १९०६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १२ उपसूचकमा हरियाली छाउदाँ माइक्रोफाइनान्स समूहको सेयर मूल्य भने घटेको छ । उक्त समूहको सेयर मूल्य ०.५१ प्रतिशतले घटेको हो ।
त्यसतै, बैंक समूहको ०.२६ प्रतिशत, विकास बैंक समूहको २.२१ प्रतिशत, फाइनान्स समूहको २.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
