तीन कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१३ असार २०८२, शुक्रबार

तीन कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार हरियाली भएको छ ।

नेप्से परिसूचक १७.७० अकंले घटेर १९०६ को बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।

सोमबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सूपर माई हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिन्चोक दर्शान लिमिटेडको सेयरमा सर्किट लागेको छ ।

साथै, अजोड इन्स्योरेन्स ८.३० प्रतिशत, लक्ष्मि लघुवित्त ५.५२ प्रतिशत,उपरसोलु हाइड्रो इलेक्टिक कम्पनी ५.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्