बोर्डले दुई नयाँ म्युचुअल फण्डलाई निष्कासन गर्ने अनुमति « Arthapath.com
१३ असार २०८२, शुक्रबार

बोर्डले दुई नयाँ म्युचुअल फण्डलाई निष्कासन गर्ने अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फण्डलाई निष्कासन गर्ने अनुमति दिएको छ ।

बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्कासन गर्न अनुमति दिएको हो । सिटजिन्स म्युचुअल फण्ड अन्तर्गत संचालनमा आउने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि चैत ५ गते अनुमति पाएको हो ।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् ।

त्यस्तै, चैत ५ गते आरविवि म्युचुअल फण्डअन्तर्गत संचालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्कासन अनुमति पाएको हो ।

कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्