सेयर घाटामा बेच्दा समेत तिर्नु पर्ने कमिशन शुल्कले लगानिकर्ता मारमा परे, तत्काल उक्त शुल्क घटाउ: छोटेलाल रौनियार « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

सेयर घाटामा बेच्दा समेत तिर्नु पर्ने कमिशन शुल्कले लगानिकर्ता मारमा परे, तत्काल उक्त शुल्क घटाउ: छोटेलाल रौनियार



काठमाडौं ‌। नेपाल इन्भेष्टर्स फोरम अध्यक्ष छोटेलाल रौनियारले लगानिकर्ताको लगानि ५० प्रतिशत भन्दा कम भएको बताएका छन् ‌। नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानिकर्ता संघले आयोजना गरेको लगानिकर्ता अन्तक्रिया कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ‌।

नेपाल धितोपत्र बोर्डका अध्यक्षको प्रमुख अतिथिमा उक्त कार्यक्रम गरेको हो ।सेयर बजार देशको अर्थतन्त्रको मेरुदण्ड र ऐेना भएको हुँदा अहिले बजार सुधारका लागि नेपाल धितोपत्र बोर्डले विशेष ध्यान दिन आग्रह गरेका हुन ‌। सेयर बजार घाटा खाएर बेच्दा समेत दिनु पर्ने कर, सिडिएस, ब्रोकर कमिसन घटाउन समेत अनुरोध गरेका थिए ।

साथै, नयाँ स्टक एक्सचेन्ज बजारमा आए अझ गुणस्तरीय र उपलब्ध मुखि हुने हुँदा यसमा सबैले साथ दिन आग्रह गरेको थिए ‌। नयाँ लाइसेन्स दिने जस्ता कार्य अदालतको केश छिट्टै सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ‌। उनले ब्याजदरलाइ एकल बिन्दुमा ल्याउनको लागि नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग समन्वय गर्ने अनुरोध गरे ‌।

राष्ट्र बैंकले अहिले कम्पनिको बोनस २/३ पटक संशोधन गर्न कार्य गरेको हुँदा यस्तो कार्यले बजार निकै प्रभावित हुने भएकाले यो कदम रोक्न छलफल गर्न समेत उनको भनाइ रहेको थियो । उनले इनसाइडर ट्रेडिङ्ग गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्