भोलुममा कारोबार गर्ने लगानीकर्तालाई ठूलो मर्का भयो: तारा फुलेल « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

भोलुममा कारोबार गर्ने लगानीकर्तालाई ठूलो मर्का भयो: तारा फुलेल



काठमाडौं । सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले भोलुममा कारोबार गर्ने लगानीकर्तालाई ठूलो मर्का परेको बताए छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानिकर्ता संघले आयोजना गरेको लगानिकर्ता अन्तक्रिया कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ‌।

सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सम्पत्ति माटो बनेको गुनासो गरेका थिए ‌। साथै, अर्थतन्त्रको ठूलो हिस्सा पूँजीबजार भएको हुदा यसले नै देशको अर्थतन्त्र चलायमान हुने तर्क राखे ।

बजार घटि रहेको बेला संसदको अर्थसमितिले चुइक्क नबोलेको आरोप लगाए । बढेको बेला घटाउन लाग्ने अर्थ समितिले घटेको बेला कुनै कार्य नगरेको उनेको भनाइ रहेको थियो ‌। यस विषयमा धितोपत्र बोर्डले समन्वय गर्न समेत अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस्