बजार १०.८७ अकंले घट्यो: कारोबार रकममा पनि छैन सुधार, ‘पर्ख र हेर’ रणनीति अपनाउँदै लगानीकर्ता

काठमाडौं । साता अन्तिम कारोबारको दिन सेयर बजार फेरी ओरालो लागेको छ । हिजो सामान्य सुधार आएको बजार फेरी ओरालो दिसा तिर लम्किएको हो ।
अहिले बजारमा लगानीकर्ता अर्बौ रकम गुमाएको र सरकारले कुनै राहत नदिएको आलोचना भइरहेको छ । बजारमा ब्याजदर एकल बिन्दुमा आउनु पर्छ भन्ने माग पनि उत्तिकै उठि रहेको पाइएको छ । आज सरकारले मन्त्री परिषद् विस्ता गरी रहेको छ । अर्थमन्त्रालयमा लगानीकर्ता मनोभावना बुझ्ने अर्थमन्त्री आउने नआउने कुराले पनि चर्चो पाएको देखिन्छ । सो कारण बजार माथि उठ्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकले धेरै लघुवित्तको लाभांश शंसोधन समेत गरी रहेको छ सोहि कारण पनि लगानीकर्ता लगानी गर्ने डराएको अवस्था रहेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुधबार लगानीकर्तासँगको अन्तक्रिया कार्यक्रममा अहिले सेयर होल्ड गर्नु पर्ने प्रतिक्रिया दिएका थिए । सो आश्वासनले पनि लगानीकर्ता पर्ख र हेरको अवस्था रहेका छन् । यसअघि निरन्तर बजार घटेकाले मूल्य निकै तल्लो विन्दुमा आइसकेको छ । यस्तो अवस्थामा अत्यावश्यक बाहेक अरुले खासै सेयर बिक्री गर्ने अवस्था देखिंदैन ।
मूल्य निकै सस्तो भएकाले अब विस्तारै भ्याल्यू इन्भेटर्स र अल्पकालीन कारोबारीसमेत आकर्षित भएको अनुमान गर्न सकिन्छ । तरलता सहज हुनुका साथै ब्याजदर घट्न अनिवार्य हुने विश्लेषकहरु बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अकंले घटेर १९०८.५५ बिन्दुमा पुगेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन समूहको सेयर मात्र ०.५० प्रतिशतले बढेको छ भने अन्य १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४२ प्रतिशत,विकास बैंक समूहको ०.४४ प्रतिशत, फाइनान्स समूहको ०.९९ प्रतिशत, हाइड्रोपावर सममूहको ०.८० प्रतिशतले सेयर मूल्य घटेको छ ।
