८९ करोडमा खुम्चिएको बजारमा यी कम्पनीका लगानीकर्ताको भयो सर्वाधिक कारोबार « Arthapath.com
१३ असार २०८२, शुक्रबार

८९ करोडमा खुम्चिएको बजारमा यी कम्पनीका लगानीकर्ताको भयो सर्वाधिक कारोबार



काठमाडौं । सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा लगानीकर्ता निराश बन्दैं गएको अवस्था छ । कारोबार रकम पनि खुम्चिदैं गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अकंले घटेर १९०८.५५ बिन्दुमा पुगेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ५ करोड ५८ लाख रुपैयाँ कारोबार भएको हो ।

साथै, हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख ३६ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको२ करोड १४ लाख १२ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्