एक कम्पनीको सेयरमा सर्किट: यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको कति ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

एक कम्पनीको सेयरमा सर्किट: यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको कति ?



काठमाडौं । बिहिबार बजार ओरालो लागेको छ । बुधबार सामान्य सुधार आएको बजारमा आज भने १० अकंले ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अकंले घटेर १९०८.५५ बिन्दुमा पुगेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।

आज सुपर माई हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५२ रुपैयाँले बढेर ५७२ रुपैयाँ ४० पैसा पुगेको छ ।

साथै, सिटिजन म्युचुअल फण्ड २ को ६.८१ प्रतिशत, कालिन्चोक दर्शनको ६.०८ प्रतिशत, आरएसडिसी लघुवित्तको २.५७ प्रतिशतले सेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्