आज र भोलि नेप्सेको वेबसाइट नचल्ने « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

आज र भोलि नेप्सेको वेबसाइट नचल्ने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट २ दिन नचल्ने भएको छ ।

नेप्सेको वेबसाइट आज शुक्रबार (चैत १७ गते) र भोलि शनिबार (चैत १८ गते) दुई दिन नचल्ने भएको हो । नेप्सेको तथ्याङ माइग्रेट गर्नु पर्न भएको हुदाँ २ दिन वेवसाइट नचल्ने भएको हो ।

आइतबारदेखि भने पूर्ण रुपमा संचालन हुने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्