सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँट: ५१ हजारको आवेदन रद्ध, साढे ३ लाखले पाए १०-१० कित्ता « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँट: ५१ हजारको आवेदन रद्ध, साढे ३ लाखले पाए १०-१० कित्ता



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आज आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भएको थियो भने योग्य १३ लाख ९३ हजार १५३ आवेदकलाई गोलाप्रथाबाट बाँडफाँट गरेको हो । जसमा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् ।

कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्