ब्याजदर घट्ने आशामा लगानीकर्ता, बजारमा आयो हरियाली, कारोबार रकममा भने छैन सुधार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

ब्याजदर घट्ने आशामा लगानीकर्ता, बजारमा आयो हरियाली, कारोबार रकममा भने छैन सुधार



काठमाडौं । साताको तेस्रो दिन बजार सुधार आएको छ । अहिले ब्याजदर एकल बिन्दुमा झार्ने बारे नियामक निकाय देखि सरकारी पक्ष छलफलमा जुट्दा बजार सकरात्मक तिर र्फिकएको हो ।

वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधवार अर्थात चैत २९ गते नयाँ वर्ष २०८० को बैशाखमा लागू हुने ब्याजदरको विषयमा छलफलका लागि बोलाएपछि ब्याजदर घट्ने आशाले पनि बजार सुधार तिर गएको हो ।

पछिल्लो समय ब्याजदर घटाउनका लागि चौतर्फी दबाब आईरहेको छ । सरकार पक्षले पनि निरन्तर ब्याजदर कम गर्ने सुझाब दिइरहेको छ । देशको वर्तमान अवस्था, ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्य वृद्धि लगायतका विषयमा छलफल भएपछि लगानीकर्ता आशावादी भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३१ अकंले बढेर १८७१.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच हुदाँ ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचक हरियाली भएका छन् । आज बैंकिङ समूहको १.४१ प्रतिशत, विकास बैंक समूहको २.३५ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशत गरी १३ उपसूचक हरियाली भएका हुन् ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड १० लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्