आम्दानी खस्किंदै गएको धितोपत्र बोर्डको कर्मचारी खर्च भने १५० प्रतिशत बढ्यो « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

आम्दानी खस्किंदै गएको धितोपत्र बोर्डको कर्मचारी खर्च भने १५० प्रतिशत बढ्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्डको मुनाफा यो वर्ष ६८ लाख लाखमा खुम्चिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार यो वर्ष गत वर्षको तुलनामा बोर्डको आय १८ प्रतिशत घट्न गई कुल मुनाफा ९४ करोड ८४ लाखबाट यो वर्ष ६८ लाख ३४ हजारमा सिमित भएको हो ।

धितोपत्र बजारमा गत वर्षसम्म ५२० बजार सहभागि रहेकोमा यो वर्ष ५३ थप भई ५८३ पुगेका छन् । त्यस्तै, कर्मचारी खर्च गत वर्षको तुलनामा १५० प्रतिशतले वृद्धि भएकोले संचालक नतिजामा अपेक्षा गरे अनुसार हुन नसकेको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा बोर्डले आयमा विविधीकरण र खर्चमा मितव्ययिता ल्याउन जिम्मेवार पदाधिकारीले ध्यान दिनुपर्ने उल्लेख छ ।

साथै, बोर्डको २०७९ असार मसान्तको कोष तथा जगेडा २ अर्ब ३२ करोड ३४ लाख, गैह्र चालु दायित्व १४ करोड ३ लाख र चालु दायित्व ७ करोड ३८ लाख रुपैयाँ रहेको छ । खुद स्थिर सम्पत्ति ३ करोड ९७ लाख, लगानी २ करोड ७३ लाख, अन्य सम्पत्ति ५३ करोड ५० लाख र चालु सम्पत्ति १ अर्ब ९३ करोड ५५ लाख समेत सम्पत्ति २ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तैगरी, समितिहरुको कार्य सम्पादन बोर्डमा संचालक समिति, लेखा समितिको अतिरित्त अन्य १० समिति कार्यरत रहेका छन् । सो मध्ये पदपुत्र्ति समितिको ४५ पटक, धितोपत्र दर्ता अनुगमन समितिको ५५ पटक र खरिद एकाइ समितिको बैठक ३६ पटकसम्म बसेको एव) बैठक भत्ता बाहेक १८ लाख ४२ हजार खर्च भएको छ ।


प्रतिक्रिया दिनुहोस्