स्वाबलम्बन लघुवित्तसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

स्वाबलम्बन लघुवित्तसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको कारोबार भएकोछ ।

बुधबार स्वाबलम्बन लघुवित्तको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको सेयर ८ करोड ८३ लाख १३ हजार रुपैयाँ कारोबार भएको छ ।

साथै, नबिल बैंकको ३ करोड ६६ लाख १७ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड १८ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १७ लाख रुपैयाँको कारोबार भएकोछ ।


प्रतिक्रिया दिनुहोस्