आत्मनिर्भर लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
१७ बैशाख २०८०, आईतवार

आत्मनिर्भर लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा एक लघुवित्तको आइपीओ सूचीकृत भएको छ । आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय सस्था लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीको कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक सेशेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख २३ हजार ३८० कित्ता आइपीओ सूचीकृत गराएको हो ।

कम्पनीको न्यूनतम मूल्य ३७१ रुपैयाँ ८२ पैसादेखि अधिकतम १ हजार ११५ रुपैयाँ ४६ पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको सेयर भोलिदेखि कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको सिम्बोल आरटिएस दिएको छ ।


प्रतिक्रिया दिनुहोस्